पारम्परिक आयुष एक्सपो गुवाहाटीमा समपन्न

CollageMaker_202335193019718.jpg

गुवाहाटी: आयुष पारम्परिक भारतीय चिकित्सा जस्तै आयुर्वेद, योग र प्राकृतिक चिकित्साको यूनानी, सिद्ध, होम्योपैथिकको माध्यमले रोगीहरूको उपचार हुँदै आईरहेको छ। उपचारको निम्ति मानिसहरू अब आयुर्वेदिकतिर आईरहेका छन् गुवाहाटीको होटल रेडिसन ब्लूमा आयोजित शंघाई सहयोग संगठन (एसपीओ) अन्तर्गत पारम्परिक चिकित्सामाथि पहिलो बी २ बी वैश्विक सम्मेलन एवं बिहीवारदेखि शुरू चार दिवसीय एक्सपोको अन्तिम दिन पनि मानिसहरूको घुइँचो देखियो ।चार दिवसीय अन्तरराष्ट्रिय सम्मेलनमा १७ देशबाट १५० भन्दा धेरै प्रतिनिधिहरूले भाग लिए। केन्द्रिय आयुष मन्त्री सर्वानन्द सोनवालले बिहीवार बी २ बी एक्सपोको उद्घाटन गरेका थिए। यसको उद्देश्य मानिसहरूलाई आयुर्वेद र औषधिप्रति जागरूक गर्नु ओं यसका लाभहरूको प्रचार-प्रसार गर्नुथियो। यस एक्सपोमा सय वर्षभन्दा धेरै पुरानो झण्डू फार्मास्यूटिकल लिमिटेड मुम्बई स्थित कम्पनीले स्टल लगायो। कम्पनीका प्रतिनिधिहरूले आफ्नो आयुर्वेदिक दवाईलाई लिएर चर्चा गरे। हर्बल स्ट्रेटेजी होम केअर प्रोडक्टसले एक्सपोमा आफ्नो स्टल लगायो। उसका आयुर्वेदिक होम केयर प्रोडक्टको जानकारी लिनका लागि मानिसहरू उसको स्टलतिर गएको देखियो एक्सपोमा १५० वर्षभन्दा पुरानो आयुर्वेदिक मुम्बई स्थित कम्पनी श्रीधूतपापेश्वर लिमिटेडले पनि स्टल लगाएको थियो। यस कम्पनीले सात सय आयुर्वेदिक औषधि तयार पारिरहेछ। कम्पनीका प्रतिनिध विश्वदीप ब्यानर्जीले भने, बी2बी सम्मेलन एवं एक्सपोमा उनको कम्पनीले असमका विभिन्न क्षेत्रहरूका आयुर्वेदिक डाक्टर र दवाईको गुणवत्तालाई लिएर चर्चा गयो। यस बाहेक यस एक्सपोमा अनेक आयुर्वेदिक कम्पनीहरूले आफ्नो स्टल लगाए। आयुर्वेदिक कम्पनीहरूले आफ्नो प्रोडक्टको स्टल पनि लगाए। मानिसहरूमा यी सब आयुर्वेदिक प्रोडक्टलाई लिएर निक्कै उत्साह देखियो। आयुर्वेदिक दवाईहरुका साथै होम्योपैथिक दवाईले पनि यस एक्सपोमा एक खास स्थान बनाउन सकेको छ। इन्टरनेशनल स्ट्यान्डर्ड होम्योपैथी कम्पनी (आरईपीएल) का प्रतिनिधिहरूले भने, होम्योपैथी दवाईहरूको लोकप्रियता एवं गुणवत्ता पहिलेको भन्दा अझ धेरै उन्नत भएको छ। मानिसहरू अब धेरैभन्दा धेरै होम्योपैथिक चिकित्साको लाभ उठाईरहेका छन्। चार दिवसीय एक्सपोमा निःशुल्क चिकित्सा सेवा, आवश्यक दवाईहरूको विस्तृत जानकारी र लाइव योगा शो, डाक्टरहरूसित चर्चाको पनि आयोजन गरिएको थियो।

About Author

Advertisement