पानीमा हेलिएर ओम कुमारीले प्राण त्यागिन

IMG-20240630-WA0231

बिराटनगर: श्रीमान् र छोराहरूसँग काठमांडूको नयाँ बस्ती बस्दै आएकी दोलखाकी ६५ वर्षीया ओमाकुमारी तामाङ (माया) ले तामाकोशीमा हेलिएर प्राण त्याग गरेकी छन्। बिहानै काठमांडूबाट दोलखाको मेलुङ गाउँपालिका–३ गाईखुरा हुँदै भेडपु जाने बस चढेर उनी तामाकोशी किनारसम्म पुगेकी थिइन्। उनको साथमा गाउँका चिनेजानेकै मानिसहरू पनि थिए। तर, उनी तामाकोशी बजारमा गाडी रोकेका बेला झरेको थिइन्। नदीतिर अघि बढिरहेकी उनलाई रोक्न एकजना युवक किनारमै पुगे पनि ती महिला केही सेकेन्डले तामाकोशीमा हेलिएर बेपत्ता भइन्। माथिबाट एकजना युवक दौडिएर उनलाई बचाउन पुग्दै गर्दाको भिडियो अहिले भाइरल बनेको छ।

About Author

Advertisement