पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जोएल राईलाई प्रदान गरिने

IMG-20220902-WA0141.jpg

खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा प्रदान गरिने पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार यसपाली दिल्लीमा रहेर राष्ट्रिय समाचार पत्रमा कार्यरत् वरिष्ठ पत्रकार जोएल राईलाई प्रदान गरिने भएको छ। अाज खरसाङमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोस थापा लगायत विभागीय सह निर्देशक भुपेन्द्रकान्त घिसिङ र भाषा साहित्यको सह निर्देशक बिमल राईले संयुक्त रूपले पत्रकार सम्मेलन गरेर जीटीएबाट प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा गरेका थिए। यसै क्रममा पाद्री गङ्गाप्रसाद प्रधान पुरस्कार यसपाली दिल्लीमा रहेर लामो समयदेखि विभिन्न राष्ट्रीय समाचार पत्रहरूमा सम्पादकको रूपमा कार्यरत् वरिष्ठ पत्रकार एंव सम्पादक जोएल राईलाई प्रदान गरिने भएको छ। वरिष्ठ पत्रकार जोएल राई वर्तमान समयमा ‘द टाइम्स अफ् ईण्डिया’ मा सम्पादकको रुपमा कार्यरत् छन्। उनी ‘ईण्डिया टुडे’ सित पनि संलग्न छन्। उनी ‘बिजिनेस स्टान्डर्ड’मा एसोसियट एडिटर अनि ‘ईण्डिया एक्सप्रेस’ मा सिनियर एडिटरको रुपमा पनि कार्य गरिसकेका छन्। उक्त पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कारमा पचास हजार नगदराशि प्रदान गरिन्छ। पाद्री गङ्गाप्रसाद प्रधान पुरस्कार सन् २०१९ देखि प्रदान गर्दै आएका छन्। २०१९ मा पहिलो पुरस्कार वरिष्ठ पत्रकार गिदोन लेप्चालाई प्रदान गरिएको थियो भने २०२० र २०२१ मा कोविड महामारीको कारणले स्थगित गरिएको थियो। यसपाली पुन: दुई वर्षपछि पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कार प्रदान गरिने भएको छ। उक्त पुरस्कार आगामी १२ सेप्टेम्बरको दिन कालेबुङको टाउन हलमा अन्य विभिन्न विधाको पुरस्कारहरुसितै प्रदान गरिने भएको छ।

About Author

Advertisement