पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

IMG-20240421-WA0013

झापा, (नेपाल): पूर्वीनेपाल अन्तर्गत ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा हिजो एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन्। चैते दशैंको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। अन्य दिनको तुलनामा शनिबार र मंगलबार पाथीभरामा भक्तजनको भीड बढ्ने गरेको छ। स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन्। भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ। भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ। यस्तै मंगसिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छह हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन्।

About Author

Advertisement