‘पाडा- पाडामा दिदीभाइ’ पहल अनुसार प्रत्येक घरपरिवार सम्म पुग्ने विधायिका अग्निमित्रा पालको दावी

FB_IMG_1770643577084

आसनसोल: आसनसोल दक्षिणकी भाजपा विधायिका अग्निमित्रा पालले ‘पाडामा पाडामा दिदीभाइ’ पहललाई अझ एक कदम अगाडि बढाउँदै यसपटक प्रत्येक घर, प्रत्येक परिवारसम्म पुग्ने लक्ष्य राखेको बताइन्।
यसबारे उल्लेख गर्दै श्रीमती पालले त्यस कार्यक्रमको भागको रूपमा आज उनले नयाँ एगार, मण्डल ४, बूथ २६७ क्षेत्रमा घर–घर गएर मानिसहरूसँग कुराकानी गरेको बताइन् र उनीहरूको आवश्यकता, प्राप्ति र अपेक्षाको कुरा प्रत्यक्ष सुनिन्। साथै मानिसहरूको वास्तविक समस्याहरू नजिकबाट बुझ्नु उनको यस भ्रमणको मुख्य उद्देश्य हो भनि उनले जानकारी गराइन्।
विधायिका श्रीमती अग्निमित्रा पालले विरोधी दलको निर्वाचित जनप्रतिनिधि भएर काम गर्दा विभिन्न बाधाहरूको सामना गर्नुपर्ने कुरा जनाइन्। साथै उनले तृणमूल कांग्रेस सरकारको प्रतिकूल वातावरण हुँदाहुँदै पनि मानिसहरूको पक्षमा रहने प्रतिज्ञामा अडिग रहने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारका विभिन्न जनमुखी परियोजनाका पहलहरूलाई मानिसहरूसम्म पुर्‍याउनु पनि अत्यन्त महत्वपूर्ण ठान्दछु भनिन्।
अन्तमा श्रीमती पालले आउँदो दिनहरूमा मानिसहरूले भाजपालाई समर्थन गरेमा उनीहरूको अपेक्षा पूरा गर्न अझ प्रभावकारी भूमिका निभाउन सक्ने बताइन् भने विशेष गरेर रोजगार सृजना क्षेत्रमा ममता बन्ध्योपाध्याय नेतृत्वको तृणमूल सरकारको असफलता स्पष्ट रहेको जनाउदै वैकल्पिक विकासको बाटो देखाउन भाजपा प्रतिबद्ध रहेको बताइन्।

About Author

Advertisement