पाटीदारको कप्तानीमा दलीप ट्रफी जित्न सफल मध्य क्षेत्र

IMG-20250915-WA0138

बेंगलुरु: रजत पाटीदारको अगुवाईमा मध्य क्षेत्र (सेण्ट्रल जोन)-ले लगभग ११ सालको लामो प्रतीक्षापछि दलीप ट्रफी क्रिकेट टुर्नामेण्टको खिताब जित्यो। फाइनलमा मध्य क्षेत्रले दक्षिण क्षेत्र (साउथ जोन)-लाई ६ विकेटले पराजित गऱ्यो। बेंगलुरुस्थित बीसीसीआई-को सेण्टर अव् एक्सीलेन्स मैदानमा खेलिएको ५ दिने फाइनलमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण क्षेत्रले आफ्नो पहिलो ईनिंग्समा केवल १४९ रन बनाउन सक्यो। जवाफमा मध्य क्षेत्रले ५११ रन बनाएर पहिलो ईनिंग्सको आधारमा ३६२ रनको विशाल बढ़त हासिल गऱ्यो। त्यसपछि दक्षिण क्षेत्रले आफ्नो दोस्रो ईनिंग्समा ४२६ रन बनाउँदा मध्य क्षेत्रको टीमलाई म्याच जित्न केवल ६५ रन बनाउने सजिलो लक्ष्य हासिल भयो। म्याचको पाँचौं तथा अन्तिम दिन मध्य क्षेत्रले २०.३ ओभरमा ४ विकेटमा ६६ रन बनाएर म्याच जित्यो। मध्य क्षेत्रको तर्फबाट अक्षय वाडकरले अविजित १९ रन बनाए। मध्य क्षेत्रलाई च्याम्पियन बनाउनमा कप्तान रजत पाटिदार र यश राठोड़ले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। टीमको पहिलो ईनिंग्समा राठोड़ले १९४ रन बनाए। उनले २८६ बल खेलेर १७ वटा चौका र २ वटा छक्का लगाए। यसरी कप्तान पाटीदारले १२ वटा चौका र २ वटा छक्काको साथ ११५ बलमा १०१ रन बनाए। यश राठोड़लाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

Advertisement