पाङथाङ हत्याकाण्डकी नाबालिगको फोटो सार्वजनिक गरेको आरोपमा एक पक्राउ

b451f5bc-7af6-4d58-a5dd-fef14952bc42

गान्तोकः सिक्किम पुलिसले पाङथाङ हत्याकाण्डकी नाबालिगको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। यस सन्दर्भमा पक्रा पर्ने उक्त व्यक्तिको नाम टाशी तामाङ हो। उनी सिङताम निवासी हुन्।

मंगलवार आयोजित एक पत्रकार सम्मेलनमा गान्तोक जिल्लाका पुलिस अधीक्षक तेञ्जिङ लोडेन लेप्चाले पाङथाङ घटनाको सम्बन्धमा पनि जानकारी दिए। उनले बताए अनुसार, पाङथाङ घटनाकी पीडित नाबालिगको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पुलिसले स्वबंस टवबंस नामक फेसबुक एकाउन्ट विरुद्ध पोक्सो कानून अन्तर्गत सदर थानामा मुद्दा दर्ता गरेको थियो। यसै मुद्दामा सिङताम निवासी टाशी तामाङलाई पुलिसले पक्राउ गरेको छ। पाङथाङको घटनालाई लिएर सदर पुलिस अनि जिल्ला पुलिसले सामाजिक सञ्जालमा फोटो सार्वजनिक नगर्ने अपील गरेको थियो। पोस्को कानूनको विभिन्न धारा अनुसार पीडित नाबालिगको नाम, अभिभावकको नाम, ठाउँको नाम, फोटो अथवा परिचय खुल्ने किसिमको कुनै पनि कुरा सार्वजनिक गर्नु अपराध हो।

यस विषयलाई लिएर पुलिसले मानिसहरूलाई बारम्बार अपील गरेको भएपनि स्वबंस टवबंस नामक फेस्बुक प्रोफाइलबाट भने पोस्ट नहटाएपछि पुलिसले छानबिन गरेर टाशी तामाङलाई पक्राउ गरेको उनले बताए।

About Author

Advertisement