पाङथाङमा नाबालिग माथि भएको हत्याको विरोध गर्दै शान्ति जुलिस

IMG-20230426-WA0279.jpg

गेजिङ: ११ वर्षीया बालिकालाई स्कूल सकेपछि घरमा छोड्न ढाँटेर आफ्नो घर आइपुगेको जानकारी गराउदै नाबालिगलाई अर्को बाटो लगेर जंगलमा यौन दुर्व्यवहार गरेको घटनाले राज्यका विद्यार्थीहरु पनि निक्कै आतंकित बनेका छन्। यस्तो अपराधी हत्यारालाई कडा कानुनी कारवाही गरिनुपर्छ भन्ने उदेश्यले आज गेजिङ जिल्ला अन्तरगत याङ्थाङ समष्टिमा पर्ने लिङ्चोम वरिष्ठ माध्यमिक विद्यालयका कक्षा दशौं, एघारौं अनि बाह्रौंका विद्यार्थीहरुले शान्ति जुलुसको आयोजना गऱ्यो। विद्यार्थीहरुले यौवन दुरब्यवहार गर्नेहरु माथि विशेष विद्यार्थीहरु सतर्कता रहने जस्तो जागरुक कार्यक्रम गर्दै विगतको पाङ्थाङ काण्डको बिरोध गरेका छन्। विद्यार्थीहरुले विभिन्न प्लेकार्डको साथमा दुई किलोमिटरको पैदल यात्रा विद्यालयको खेलमैदानबाट शुरु गरेर तिक्जे लिङ्चोम सडकमा पैदल यात्रा गरे। यात्रा पछि बाह्रौं कक्षाका विद्यार्थी तुलसी अनि दिपक रायले सानो विद्यार्थी नानीमाथि यौन दुर्व्यवहार गरि हत्या गरेको खबर एकदमै निन्दनीय रहेको बताउदै, ग्रामीण भेगका हामी विद्यार्थीहरु कति टाढाको यात्रा गरेर विद्यालय जाने- आउने गर्छन् भने सबैमाथि कुनै अप्रिय घटना नघटोस भन्दै सतर्कता रहन सुझाव राखे।
आज हामी लिङ्चोम वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरुले बिशेष पीडित नानीको आत्मशान्तिको प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गरेको बताए। यस्तो दूर्ब्यवहारको बिरोध गर्न अब विद्यार्थी हामी सबै सडकमा उत्रेर बिरोध गर्न सुझाव दिए यस्तो यौवन शोषण गर्ने माथि कडा कानुनी कारवाही गरिनुपर्ने माग राखे।
सिक्किम पुलिसको सक्रियताले अपराधीलाई पक्राउ गर्न सफल बनेको र अनुसन्धानका क्रममा पक्राउ गरेकोमा धन्यवाद दिदै अपराधीलाई कडा सजाय दिन पनि माग गरे।

About Author

Advertisement