पाक्योङमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता

IMG-20241216-WA0265

गान्तोक: पाकिम जिल्ला प्रशासनिक केन्द्र, महिला एव वाल विकास विभाग सामाजिक कल्याण न्याय विभागको संयक्त पहलमा अन्तर विभाग क्रिकेट प्रतियोगिता सफलता पूर्वक सम्पन्न भयो। पाकिम जिल्लाको सेन्ट जेवियर्स विद्यालयको खेल मैदानमा आयोजित यस प्रतिय़ोगिता ७ दिसम्बरदेखि शुरू भएको थियो। उक्त प्रतियोगितामा कूल २० वटा दलसे सहभागिता जनाएको जानकारी गराइएको छ। यो कार्यक्रम महिला एवम वाल विकास विभाग अन्तर्गत बेटी बचाओ, बेटी पढाओ पहल र सामाजिक न्याय कल्याण विभागको नेतृत्वमा रहेको नशा मुक्त भारत अभियानको संयोजकत्वमा आयोजना गरिएको थियो। यस अवसरमा पाकिम जिल्लाकी पञ्चायय जिल्ला अध्यक्ष लादेन लह्मु भोटिया, उपाध्यक्ष प्रभा प्रधान लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। आज भएको फाइनल खेलमा वन विभाग विरुद्ध डीसी इलेवनबीच प्रतिष्पर्धा भएको थियो, जसमा वन विभागले विजय हासिल गऱ्यो। उल्लेखनीय छ, यस प्रतियोगिता अन्तर्गत अनुकरणीय प्रदर्शनको लागि वन विभागकी बिबेक गुरुङलाई म्यान अफ द टुर्नामेन्ट र म्यान अफ द म्याच दुवैको रूपमा सम्मानित गरियो।

About Author

Advertisement