पाक्योंग एससी र आक्रमण एफसी विजयी

IMG-20220803-WA0132.jpg

३ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार दुईवटा म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा आज भएको पहिलो म्याचमा आयोजक पाक्योंग एससी-ले पीवाईएसएसए पेदोङलाई ३-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा आक्रमण फूटबल क्लबले डिकलिंग सीनियर सेकेण्डरी स्कूल (पाक्योंग)-लाई २-०-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३,००,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २,००,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement