पाकिस्तानी महिलाले भारतमा बस्नको लागि लगाए गुहार

IMG-20231128-WA0172.jpg

खोरीबारी: अवैध रूपले भारतमा प्रवेश गरेको आरोपमा भारत-नेपाल सिमानाबाट एकजना पाकिस्तानी महिलालाई गत केही दिन अघि पक्राउ गरेको थियो। आज उक्त पाकिस्तानी महिला शाइस्ता हनीफले अदालतमा फेरि पेश हुन अघि भारतमा बस्नको लागि गुहार लगाएकी छन्। आज खोरीबारी थानाबाट अदालत लैजान अघि महिलाले आफुलाई निर्दोष रहेको बताइन्। उक्त महिलाले रगतको साइनोको कारण आफु भारतमा आउन चाहेको जनाइन्। भारतीय भीसा नपाए पछि अन्तमा आफु नेपालको बाटो हुँदै भारतमा आउन चाहेको कुरा प्रष्ट पारिन्। तथापि पक्रा परेको दिन आफुले भारतमा प्रवेश गर्न नपाए बताउँदै आफुलाई अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा पक्रिएको हो भनी तिनले बताइन्।

शाइस्ता हनीफले प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीसित अपील गर्दै आफुलाई भारतमा बस्ने अनुमति दिने बिन्ती गरिन्। उक्त महिलाले भनिन्, यदि सीमा हैदरलाई भारतमा बस्ने अनुमति दिन्छ भने मलाई पनि अनुमति दिनु पर्छ। किनभने म भारतमा नै थिए। म आफ्नो बहिनीसित भारतमा नै बस्न चाहन्छु।

About Author

Advertisement