पाकिस्तानी नागरिकहरु पक्राउ गरेर सीमा निकाला गरिनु पर्ने मागमा भाजपाद्वारा जिल्ला प्रशासनलाई ज्ञापन

IMG-20250505-WA0243

दार्जीलिङ: केन्द्रको निर्देश अमान्य गर्दा कुनै घटना भइहाले बंगालमा यसको जिम्मा तृणमूल सरकारले लिनपर्ने भाजपा दार्जीलिङ जिल्ला समितिले मांग गरेको छ। यसको साथै पहलगाम जस्ता निन्दनीय आतङ्की हमला रोक्न जिल्लामा शरण लिइ बसेका पाकिस्तानी नागरिकहरु पक्राउ गरेर सीमा निकाला गरिनु पर्ने मागमा भाजपा दार्जिलिङ जिल्ला समितिले आज जिल्ला प्रशासनलाई ज्ञापन सुम्पेको छ।


गत २५ अप्रेलमा जारी केन्द्रीय गृह प्रशासनको नोटिशबारे राज्यको अडान गरिनु पर्ने माग गर्दै जिल्ला समिति उपाध्यक्ष एलएम लामाले अर्कोतिर देशको सुरक्षा सर्वोपरि हुने बताउँदै आज राज्यका सबै जिल्लाहरुमा भाजपाले पाकिस्तानी नागरिकहरु पक्राउ गरेर सीमा निकाला गरिनुपर्ने मागमा ज्ञापन सुम्पेको जानकारी गराएका छन्।‌ भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिले आज दार्जिलिङमा दार्जिलिङ जिल्ला अधिकारीलाई ज्ञापन दिन जाँदा प्रशासनसित केही क्षण भनाभैरी भएको पनि देखिएको थियो। यसावधि भाजपाको पदाधिकारीहरु र कार्यकर्ताहरुले‌ नाराबाजी पनि गरेका थिए।

About Author

Advertisement