पाकिस्तानविरुद्ध टेस्ट सीरीजको निम्ति ईंग्ल्याण्डद्वारा टीमको घोषणा

IMG-20240911-WA0172

लण्डन: ईंग्ल्याण्डले अक्टोबरमा पाकिस्तानविरुद्ध खेलिने ३ वटा टेस्ट म्याचको सीरीजको निम्ति १७ सदस्यीय टीमको घोषणा गऱ्यो। यसमा बेन स्टोक्स कप्तानको रूपमा फर्किनेछन् जबकि थाहालागे अनुसार उनको ह्यामस्ट्रिंगको चोट अहिलेसम्म ठीक भएको छैन। चोटले गर्दा नै उनले श्रीलंकाविरुद्ध हालै समाप्त भएको ३ वटा टेस्ट म्याचको सीरीजमा हिस्सा लिन सकेका थिएनन्। टीममा स्पिनरको भूमिकामा रेहान अहमद र ज्याक लीच फर्किएका छन् जबकि अनक्याप्ड (अहिलेसम्म अन्तर्राष्ट्रिय म्याच नखेल्ने) खेलाड़ी ब्रायडन कार्स र जोर्डन कक्सलाई पनि टीममा सामेल गरिएको छ। यी ३ वटा म्याचको सीरीजको निम्ति आयोजन स्थलहरूको अहिलेसम्म पुष्टि भएको छैन। आयोजक पाकिस्तान क्रिकेट बोर्डले यस हप्ताको अन्तसम्म यसको घोषणा गर्ने आशा छ। दाहिने हातको औंलीमा फ्र्याक्चरले गर्दा जुलाईदेखि टीमबाट बाहिर रहने ज्याक क्रली पनि टीममा फर्किन तयार छन्। दिसम्बर २०२२-मा ईंग्ल्याण्डको गत पाकिस्तान यात्राको अवधि कराची टेस्टमा पदार्पण गर्ने स्पिनर रेहान अहमद र ज्याक लीगले अन्तिमपल्ट जनवरीमा भारतविरुद्ध शुरुवाती टेस्ट म्याच खेलेका थिए। ईंग्ल्याण्डले हालै ३ वटा म्याचको सीरीजमा श्रीलंकालाई २-१-ले पराजित गरेको थियो। यसैकारण ईंग्ल्याण्डको टीम आत्मविश्वासको साथ पाकिस्तान यात्रामा जानेछ। यसको विपरीत आयोजक पाकिस्तानले चाहिँ हालै बंग्लादेशविरुद्ध होम सीरीजमा ०-२-ले हारको सामना गर्नु परेको थियो। यस हारले गर्दा पाकिस्तान आईसीसी टेस्ट ऱ्याङकिंगमा पनि झरेर आठौं स्थानमा पुगेको छ।
पाकिस्तान यात्राको निम्ति ईंग्ल्याण्डको टेस्ट टीमः
बेन स्टोक्स (कप्तान), रेहन अहमद, गस एटकिन्सन, शोएब बशीर, ह्यारी ब्रूक, ब्रायडन कार्स, जोर्डन कक्स, ज्याक क्रली, बेन डकेट, जोश हल, ज्याक लीच, ओली पोप, म्याथ्यू पट्स, जो रुट, जेमी स्मिथ, ओली स्टोन र क्रिस वोक्स।

About Author

Advertisement