पाकिस्तानको कप्तान बन्न साथ अष्ट्रेलियालाई पराजित गरी दावी गरे मोहम्मद रिजवानले

IMG-20241029-WA0154

कराची: विकेटकीपर-ब्याटर मोहम्मद रिजवानले सेतो बलको प्रारूपहरूको निम्ति पाकिस्तान राष्ट्रिय क्रिकेट टीमको कप्तान नियुक्त भएपछि ठूलो बयान दिएका छन्। रिजवानले पूर्णकालिक कप्तानको रूपमा आफ्नो कार्यकालको शुरुवात अघि नै साहसिक दावी गरेका छन्। उनले अष्ट्रेलियामा सीरीज जित्ने दावी गरेका छन्। अष्ट्रेलिया यात्रामा खेलिने ३ वटा वनडे म्याचको सीरीजको साथ रिजवानले कप्तानको रूपमा आफ्नो कार्यकाल शुरु गर्नेछन्। पाकिस्तान र अष्ट्रेलियाबीच ३ वटा वनडे म्याच ४, ८ र १० नोभेम्बरमा खेलिनेछ। त्यसपछि १४, १६ र १८ नोभेम्बरमा यी दुई टीमबीच तीनवटा टी२० म्याचको सीरीज खेलिनेछ। उल्लेखनीय छ, अष्ट्रेलियामा पाकिस्तानले वनडे सीरीज जितेको २२ साल भइसकेको छ। अन्तिमपल्ट २००२-मा वकार यूनिसको कप्तानीमा रहने पाकिस्तानले रिकी पोण्टिंगको कप्तानीमा रहने अष्ट्रेलियाई टीमलाई पराजित गरेको थियो। त्यसपछि पाक टीमले अष्ट्रेलियामा एउटा सीरीज पनि जित्न सकेको छैन। यतिमात्र नभएर अष्ट्रेलियामा पाकिस्तानले अन्तिमपल्ट २०१७-मा वनडे म्याच जितेको थियो। यसरी अष्ट्रेलियामा अन्तिमपल्ट टी२० म्याच पनि पाकिस्तानले २०१०-मा जितेको थियो।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले सोशल मीडियामा शेयर गरेको भीडियोमा रिजवानले भनेका छन्, अष्ट्रेलियामा हामीले कठिन समयको सामना गर्नु परेको कुरा सही हो। अतीतको परिणामहरूले पनि यस कुरालाई साबित गर्छ तर हामी अलग जोशको साथ त्यहाँ गइरहेका छौं अनि हामीमाथि विश्वास गर्नुहोस्। अष्ट्रेलियामा खेलिएको गत सीरीजमा पनि हामी धेरैपल्ट जीतको नजिक पुगेका थियौं। हामीले केही नजिकको म्याच गुमायौं। मैले गत यात्राहरूबाट केही चीज र प्याटर्न देखेको छु अनि यसपाली अष्ट्रेलियामा ऐतिहासिक सीरीज जित्न त्यस शिक्षालाई उपयोग गर्नेछौं। अष्ट्रेलियालाई हामी अवश्यै पराजित गर्नेछौं। हामी सकारात्मक मिजासमा खेल्न ओर्लिनेछौं।

About Author

Advertisement