पाकिम जिल्लाले छोटो अवधिमा प्रशंसनीय कार्य गरेको छः केन्द्रिय राज्य मन्त्री चौहान

Untitled-1-copy-52

गान्तोक: भारत सरकारको राज्य सञ्चार मन्त्री देवुसिन चौहानले सिक्किम भ्रमणको क्रममा पाकिम जिल्लाको रूरबन प्रेक्षागृहमा आयोजित एक सभामा सहभागिता जनाए। सभालाई सम्बोधन गर्दै मन्त्री चौहानले पाकिम भर्खरै मात्र जिल्लाकोरूपमा परिणत भएता पनि पनि उल्लेखनीय उपलब्धि हासिल गरेकोमा प्रशंसा गरे।

उनले यस क्षेत्रलाई अझ राम्रो बनाउन र थप विकासको लागि धेरै प्रयास गरिरहेकोमा सबैको प्रशंसा गरे। मन्त्री चौहानले जिल्लाका प्रत्येक ब्लक र जीपीयूले सडक, पुल, चिकित्सा सुविधा, शैक्षिक संस्थालगायतका पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिनुपर्ने सुझाउ दिए। उनले विकास र समृद्धिका लागि लक्ष्य निर्धारण गर्न पदाधिकारी र स्थानीय दुवैलाई आग्रह गरे। उनले स्थानीय महिलालाई सशक्तिकरण र स्थानीय उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने विषयमा जोड दिए।

सिक्किम राज्यको विभिन्न जिल्लामा तिव्र गतिमा बढिरहेको पर्यटन उद्योगको महत्वबारे पनि चर्चा गर्दै थप सुधारको आवश्यकता रहेको महसुस गरे।आजको यस सभामा जिल्ला अध्यक्ष लाडेन्ला भोटिया, आइटी विभागका सचिव योगेन्द्र शर्मा, महकुमा अधिकारी लगायत अन्य विभागका अधिकारीहरूले पनि अंशग्रहण गरेका थिए।

About Author

Advertisement