पाकिम जिल्लामा नार्कोको समन्वय बैठक सम्पन्न

IMG-20250329-WA0323

गान्तोक: प्रत्येक महिना आयोजना गरिने नार्कोको समन्वय केन्द्र अनि नशामुक्त भारत अभियानको सभा पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल साङगे ग्याछो भोटियाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा यस भन्दा अघिको बैठकमा लिएको निर्णयको प्रगती बारे समीक्षा गरियो, जसमा गाँजा उत्पादन, सुर्तीजन्य पदार्थ, विद्यालय परिसरमा मदिरा बिक्री र नशालु पदार्थमाथि नियन्त्रण गराउने निर्णय लिएको थियो।
बैठकको क्रममा सम्बन्धित निकायका अधिकारीहरूले आफ्नो जिम्मेवारी बारेमा जानकारी गराए। बैठकलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल भोटियाले हाल देखिएको विभिन्न प्रकारको समस्याहरूको समाधान गर्नको निम्ति सम्वन्धित विभागहरूबीच सहकार्य हुनुपर्ने बताए। यस प्रकारको समस्या समाधान गर्नको निम्ति संयुक्तरूपमा अभियान शुरू गरिनुपर्ने आवश्यकतामाथि उनले जोर दिए।

About Author

Advertisement