सिक्किम: पाकिम जिल्लामा आयोजना हुने जनता भरोसा सम्मेलनलाई लिएर तयारी सभा

IMG-20240221-WA0219.jpg

गान्तोक: आगामी २८ फरवरीको दिन पाकिम जिल्लामा आयोजना गरिने जनता भरोसा सम्मेलन तयारीलाई लिएर पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा बैठक सम्पन्न भयो। उक्त सम्मेलन आगामी २८ फरवरीको दिन पाकिम जिल्ला अन्तर्गत सेन्ट जेवियर्स स्कूलमा आयोजन हुनेछ।

यस सभामा वरिष्ठ पुलिस अधीक्षक तेञ्जिङ लोडेन लेप्चा, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विशाल शर्मा, अतिरिक्त जिल्लापाल (विकास) रविन सेवा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै जिल्लापाल छोपेलले लाइन विभागका अधिकारीहरूलाई उक्त कार्यक्रम बस्ने व्यवस्था, खानेपानी र बिजुली आपूर्ति व्यवस्थापन, आपतकालिन चिकित्सा शिविर, ट्राफिक व्यवस्थापन, टोकन वितरणको लागि लाभार्थीहरूको अन्तिम रूप लगायतका पूर्ण तयारी सुनिश्चित गर्न निर्देशन दिए। यसका साथै उनले जनता भरोसा सम्मेलन बाहेक डुगालाखामा अस्पतालको शिलान्यास कार्यक्रममा पनि सहभागी हुने जानकारी दिए।

About Author

Advertisement