पाकिम जिल्लाको निम्ति ४८ वटा पोस्टल व्यालेट प्राप्त

IMG-20240506-WA0211.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत विभिन्न निर्वाचन क्षेत्रको निम्ति आज ४८ वटा पोस्टल व्यालेट आइपुग्यो। यी सबै पोस्टल व्यालेट पाकिमको ढाकघरबाट प्राप्त भएको हो भने गत १६ अप्रेलदेखि अहिलेसम्म पाकिम जिल्लाको निम्ति २८२ वटा पोस्टल व्यालेट प्राप्त भइसकेको छ। आज आएको ४८ वटा पोस्टल व्यालेट पाकिम जिल्लाका महकुमा अधिकारी सन्देस सुब्बाले ढाकघरबाट प्राप्त गरेका छन्। भारतीय चुनाउ आयोगको नियम अनुसार आज प्राप्त भएको सबै पोस्टल व्यालेट चुनाउ अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा छुट्टाएर जिल्ला प्रशासनिक केन्द्रमा स्थापित गरेको स्ट्रङ रूममा राखिएको छ।

About Author

Advertisement