पाकिम जिल्लाका क्षयरोगीहरूलाई पौष्टिक खाद्य वितरण

IMG-20230803-WA0388.jpg

पाकिमः पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर क्षयरोगीहरूलाई निक्सय मित्रा अभियान अन्तर्गत खानाको टोकरी वितरण गरिने विषयमा चर्चा परिचर्चा गरियो। सभामा पाकिम जिल्ला अन्तर्गत सञ्चालित अस्पतालका चिकित्सक साथै अन्य अधिकारीहरूले पनि अंशग्रहण गरेका थिए। यस अवसरमा जिल्लापालले ३२ जना क्षयरोगीहरूलाई खाद्य वितरणको निम्ति चेक प्रदान गरे। सिक्किम अनुसूचित जाति कल्याण संघले १० जना रोगीहरूलाई खाद्य किन्नको निम्ति १० हजार सहयोग प्रदान गरेको छ भने योडेसले ११ हजार, सिक्किम एजुकेसनल सोसाईटीले १२ हजार प्रदान गरेको उल्लेख गरिएको छ।

सोही प्रकारले गति इन्फ्रास्टकर प्राइभेट लिमिटेडले २० जना रोगीलाई एक वर्षसम्म सहयोग पुऱ्याउने भएको छ। महकुमा अधिकारी छिरिङ भोटियाले एक जना रोगीलाई एक वर्षसम्म सेवा पुऱ्याउने भएको बताइएको छ।

About Author

Advertisement