पाकिम जिल्लाका उम्मेदवारहरूको कागज पत्रको जाँच सम्पन्न

IMG-20240420-WA0216.jpg

गान्तोक: हिजो राज्यमा सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउलाई लिएर पाकिम जिल्लाको निम्ति आएक जनरल अबजर्भर प्रदीप कुमार, पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, अतिरिक्त जिल्लापाल अनुपा ताम्लिङ लगायत अन्य अधिकारीहरूको उपस्थितिमा १७ए फारमको जाँच कार्य आज सम्पन्न भयो। जाँच कार्यको अवसरमा पाकिम जिल्लाका राजनीतिक दलका प्रतिनिधि साथै उम्मेदवारहरूले सहभागिता जनाए थिए। यी सबै प्रक्रिया डिकलिङ उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न भएको थियो। उक्त अवसरमा रिटर्निङ अधिकारीले पाकिम जिल्लामा सञ्चालित राजनीतिक दलका प्रतिनिधिहरूलाई जाँच प्रक्रिया र यसको मापदण्डबारे विस्तृतरूपमा जानकारी गराए। पाकिम जिल्ला अन्तर्गत रहेको पाँचवटा निर्वाचन क्षेत्रका उम्मेदवारहरको कागज पत्र जाँच गरियो जसमा कुनै प्रकारको गल्ती नभएको जाँचको क्रममा था लाग्यो।

About Author

Advertisement