पाकिममा जिल्लास्तरीय खुल्ला एथलेटिक्स मीट सम्पन्न

IMG-20231229-WA0234.jpg

गान्तोक: सिक्किम एथलेटिक्स एसोसिएशन र सन फार्मा लेबरोटोरिजको संयुक्त पहलमा हिजो पाकिमस्थित सेन्ट जेवियर्य स्कूलको खेल मैदानमा जिल्लास्तरीय खुल्ला एथलेटिक्स मीट सम्पन्न भयो। उक्त प्रतियोगितामा विभिन्न वर्गमा कूल ९२ जनाले सहभागिता जनाएका थिए, जसमा १४ वर्ष भन्दा मुनिका किशोर- किशोरी, १६ वर्षसम्मका किशोर- किशोरी र पुरूष र महिलावर्गको निम्ति खुल्ला प्रतियोगिताको पनि आयोजना गरिएको थियो। सो कार्यक्रममा मुख्य अतिथिकोरूपमा खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया रहेकी थिइन् भने पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा विभिन्न प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पदक साथै प्रमाण पत्र मुख्य अतिथिको बाहुलीबाट प्रदान गरियो।

About Author

Advertisement