गान्तोक। नव गठित पाकिम जिल्लामा आजादीका अमृत महोत्सव अन्तर्गत अन्तोदय अभियान शुरू गरियो। कार्यक्रममा “गम्भीर तीव्र कुपोषण बालबालिकाको पहिचान” को लागि वृद्धि अनुगमन अभियान र क्षेत्रीय कार्यकर्ताहरूको संयुक्त सुपरिवेक्षणमा उनीहरूको रेफरल र उपचारमा आधारित थियो। प्रधानमन्त्री मातृ वन्दना योजनामा जागरूकता अभियान, पहिलो पटक आमा र सुत्केरी आमाहरू पहिचान गरेर उनीहरुलाई पाँच हजार किस्तामा सिधै व्याङ्क /हुलाक कार्यालय खातामा उपलब्ध गराइने नगद प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।










