पाकिमको तीनधारेमा सोनाम लोछार पर्व पालन

IMG-20250202-WA0326

पाकिम: इस्ट पाण्डम जीपीयू-को तीनधारेमा आज तामाङ जातिको प्रमुख पर्व सोनाम लोछार पर्व पालन गरियो। कार्यक्रमको आयोजना तीनधारे यूथ क्लबले तीनधारे नवीन समितिसितको सहकार्यमा गरेको थियो जसमा सिक्किम सरकारका कृषि मन्त्री पुरण गुरुङ मुख्य अतिथि रहेका थिए।
विविध सांस्कृतिक प्रस्तुतीको साथमा आयोजित कार्यक्रममा सोनाम लोछार उत्सव आयोजक समितिका सल्लाहकार पूर्ण योञ्जनले सोनाम लोछार पर्वको महत्वमाथि प्रकाश पारे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राज्यका तामाङ समुदाय साथै सम्पूर्ण राज्यवासीलाई सोनाम लोछारको शुभकामना व्यक्त गरे। यसरी विभिन्न जाति समुदायले आ-आफ्नो पर्वलाई भव्यतासँग पालन गर्दा राज्यमा साम्प्रदायिक सद्भावना बड़ेर जाने कुरामा उनले जोर दिए।
कार्यक्रममा पूर्व मन्त्री तथा मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवड़ाको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement