पाएनन् जमानत फेरि पार्थ चटर्जीले

1659785426_partha-jail.jpg

कोलकाता: पश्चिम बंगालको पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीले एकपल्ट फेरि जमानत पाएनन् । बिहिवार उनलाई एकपल्ट फेरि अलीपुर कोर्टमा पेश गरियो ।न्यायाधीशले उनलाई अझ दुई हप्तासम्म प्रेसीडेन्सी जेलमा राख्ने आदेश दिएको छ।पार्थका साथै १२ अन्यलाई पनि कोर्टमा पेश गरिएको थियो उनीहरू सबैलाई पनि १६ मार्चसम्म जेलमा राख्ने आदेश सुनाइएको छ। न्यायालय बाहिर निक्लिएका पार्थले एकपल्ट फेरि आफु नियुक्ति भ्रष्टाचार मामिलामा संलग्न नरहेको दाबी गरे।
उनले भने, नियुक्तिमा मन्त्रीको कुनै भूमिका हुँदैन जेलमा बन्द कुंतल घोषले उनीमाथि मानसिक रूपमा प्रताडित गरेको आरोप लगाएका थिए।

About Author

Advertisement