पाँच महिला उद्यमी पुरस्कृत

IMG-20240530-WA0231.jpg

झापा: नेपालको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँच जना उद्यमी महिलालाई ‘राष्ट्रपति महिला समुन्नति महिला उद्यमी पुरस्कार’ प्रदान गरेको छ। छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा मन्त्रालयले राजधानीमा आयोजित कार्यक्रममा महिला उद्यमीलाई नगदसहित पुरस्कार प्रदान गरिएको छ।

सो अवसरमा मन्त्री चौधरीले कोशी प्रदेशकी ढाका व्यवसायी निर्मला चौहान, मधेश प्रदेशकी कपास उद्योगी बबिताकुमारी तेली, बागमती प्रदेशकी मह व्यवसायी सरिता श्रेष्ठ भट्टराई, गण्डकी प्रदेशकी ब्युटिसियन व्यवसायी मीना गुरुङ र सुदूरपश्चिम प्रदेशकी व्यवसायी तारा देवललाई जनही एक/एक लाख रुपियाँसहित पुरस्कृत गरिएको हो।
मन्त्री चौधरीले ‘हाम्रो अभियान, आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नारासहित आयोजित राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै समाजमा व्याप्त हिंसा न्यूनीकरणका लागि समेत उद्यमले सहयोग गर्ने विचार व्यक्त गरिन्। उनीले शिक्षा, रोजगार र उद्यमको माध्यमबाट महिला/किशोरीलाई आत्मनिर्भर जीवन दिन सके लैङ्गिक समानताको वातावरण बन्दै जाने बताउँदै ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याएको जानकारी दिइन्।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले उद्यमी महिलालाई सरकारले पुरस्कारस्वरूप रकमसहित सम्मान गर्दा अन्य महिलालाई पनि आर्थिक रूपमा आत्मनिर्भर हुन प्रेरित गर्ने बताइन। पुरस्कृत व्यक्तित्व मीना गुरुङले रोजगारीका रूपमा आफूले धेरै वर्षअगाडिदेखि गर्दै आएको कामबाट राष्ट्रियस्तरको पुरस्कार सम्मान पाउँदा निकै खुसी लागेको बताइन्।

About Author

Advertisement