पाँच दिवसीय पूजा भोलि समापन

Vikramjit-Kakati-Rumtek.jpg

गान्तोक: गत १७ मार्चदेखि शुरू भएको ताथाङचेनस्थित थाप माणिलाखाङ गुम्बामा तेस्रो डेजोड दिछेन सिड्डुप मोन्लम छेन्मो पूजा ‘भोलि समाप्त हुनेछ। समापन कार्यक्रममा वाङ वितरण गरिने आयोजक समितिका अध्यक्ष खेम्पो छोपेलले जानकारी गराएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै उनले वर्ष २०१९ देखि यस गुम्बामा सो पूजा शुरू गरिएको बताए। तर, गत दुई वर्ष कोरोनाकालमा पूजा आयोजना गर्न नसकेको उनले बताए। आयोजक समितिका अध्यक्ष कुङ्गा जाइयो भोटियाले भोलि समापन कार्यक्रममा वाङ अर्थात अभिषेक वितरण गरिने भएकाले सम्पूर्ण भक्जनलाई गुम्बा परिसरमा उपस्थित भएर वाड ग्रहण गरिदिन आग्रह गरे आयोजक समितिका संयोजक तेञ्जिङ नोर्बु लाम्टाले जानकारी गराए अनुसार, यस वर्ष ४० फुट अग्लो राप्ने थाङ्का स्थापित गरिएको र आजसम्म भक्तजनले दर्शन गर्न सक्नेछन्। उनले पूजाको पहिलो दिन फुदुङ गुम्बाका रिम्पोछे खोचेनले पूजा पाठ गरेका थिए भने दोस्रो दिन लिङदोङ गुम्बाका रिम्पोछे जुर्माड धारवाडले पूजा पाठ गरे। सोही प्रकारले तेस्रो दिन इञ्चे गुम्बाका रिम्पोछे पेमा कुन्डालले पूजा पाठ गरे। भोलि समापन कार्यक्रममा गोञ्जाङ रिम्पोछेले भक्तजनलाई दर्शन दिनका साथै पूजा पाठ गर्ने छन्।

About Author

Advertisement