पाँच दिवसीय कार्यशालाको समापन

n4766593681677780136377369ad9f104644ea01dfbdde3e33bb5198c85008305adfcdf8aa4e37a590b5dc0.jpg

गान्तोक: सञ्चमान लिम्बू सरकारी डिग्री कलेजको पहलमा एनईपी २०२० उच्च शिक्षामाथि आयोजित पाँच दिवसीय कार्यशालाको आज समापन भयो। शिक्षाशास्त्र र मूल्याङ्कनमाथि आयोजित पाँच दिवसीय प्रशिक्षण कार्यक्रमको शुरू गत २७ फरवरीको दिन भएको थियो। राष्ट्रिय उच्चत्तर शिक्षा अभियान अन्तर्गत आयोजित समापन कार्यक्रममा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। साथै शिक्षा विभागका सीईओ सुविबाह जी. डीपीओ गंगा प्रसाद शर्मा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य संकायलाई एनईपी २०२० को भिजन र मिशन बुझाउनु साथै सिक्ने प्रक्रियाबारे जानकारी गराउनु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल हिस्से डी. योङदाले उच्च शिक्षा निर्देशकको रूपमा आफ्नो कार्यकालमा नै केन्द्रले राष्ट्रव्यापी रूपमा एनईपी २०२० लागू गरेको बताइन्। उच्च शिक्षा नीतिले सिक्षाको क्षेत्रमा रूपमा दोब्बर बनाउने लक्ष्य राखेको उल्लेख गरिन्। आगामी२०३५ सम्म जीईआर युवाहरूको सीप र प्रशिक्षुता, बहु- अनुशासनात्मक पाठ्यक्रमहरू र संस्थानहरूको ठूलो स्वायत्तता हुने अवगत गराइन्। कलेजको प निर्माणको काम नजिकिँदै गर्दा एसएमएलजीडीसीको उत्कृष्ट क्या हुने र एनईपीका धेरैजसो उद्देश्यहरू पूरा हुने पनि उनले जानकारी गराइन्।

About Author

Advertisement