पाँच ट्रकमा ५० गाई र ४९ वटा बाछासहित १० जना पक्राउ

IMG_20221118_182444.jpg

सिलगढी: विधाननगर थानाको पुलिसले पाँच ट्रकमा बोकेका ५० गाई र ४९ वटा बाछासहित १० जनालाई पक्राउ गरेको छ। बिधाननगर प्रहरी चौकीका प्रहरी स्रोतका अनुसार गएराति मुरलीगञ्ज चेकपोष्ट अगाडि खोजीका क्रममा पाँचवटा ट्रकबाट यी गाईवस्तु बरामद गरिएको हो ।ती ट्रकबाट ५० गाई र ४९ वटा बाछा बरामद गरिएको छ। पाँच वटा ट्रकका चालक र सहचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई यी गाईवस्तु बोकेर गाडीमा बोकेको कागजपत्र देखाउन भनिए पनि वैध कागजात देखाउन नसकेको प्रहरीले जनाएको छ। प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ।

About Author

Advertisement