पाँचौ अन्तर्राष्ट्रिय भारत-नेपाल साहित्यिक सङ्गम भव्यरूपमा संपन्न

IMG-20250318-WA0131

नारायप्रसाद हाेमगाई

१६ मार्च, २०२५ काे दिन भारतीय भाषा परिषद र भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्चद्वारा आयाेजित पाँचौ अन्तर्राष्ट्रिय भारत-नेपाल साहित्यिक सङ्गम काेलकाताकाे भारतीय भाषा परिषद हलमा भव्यरूपमा संपन्न भएको छ। कार्यक्रमकाे प्रमुख अतिथि काेलकाता स्थित नेपाली महावाणिज्यदूत श्री झक्कप्रसाद आचार्यले पानसमा दीप प्रज्वल्लित गरी समुद्घाटन गरेका थिए। कार्यक्रमकाे अध्यक्षा संयाेजक नारायप्रसाद हाेमगाईले गरेकाथिए भने कार्यक्रममा विशिष्ट अतिथिहरू परिषद्काे तर्फबाट निर्देशक डा. शम्भु नाथ, पूर्व सचिव विमला पाेद्दार, कार्कारिणी सदस्य अशीश झुन्झुन्वाला, भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च, काेलकाताका अध्यक्ष खेमराज बराल, संयुक्त नेपाली वेलफेयर ट्रष्टका अध्यक्ष श्री केशव अधिकारी क्षेत्री, अन्तर्राष्ट्रिय वैश्य समाजका अध्यक्ष सुशील कुमार चाैधरी रहेका थिए।
दाेस्राे सत्रकाे कार्यक्रम बुद्ध दर्शनको प्रवर्तनका विषयमा बुद्धप्रिय भान्तेले अङ्ग्रेजीमा डा. सुदाश लामाले हिन्दीमा र सन्जय माेक्तानले नेपालीमा अवधारणा कार्यपत्रद्वारा प्रष्ट पारेका थिए।


तेस्रो सत्रकाे कार्यक्रममा दुईवटा नेपाली कार्यपत्र यसकाे अध्यक्षता डा. नवराज लम्सालले, संचालन राजु पाठक, टिप्पणीकर्ता डा. सत्य प्रकाश तिवारी, कार्यपत्र प्रस्तुतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र नेपाल संस्कृति विश्वविद्यालयका प्राध्यापक डा. देवी नेपालले भारत र नेपालका भाषिक, साहित्यिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय आन्तरिक सम्बन्ध बारे महाभारतकालीन, रामायणकालीन र बुद्धकालीन समयदेखि आजसम्मकाे तथ्यांक सहितको प्रस्तुतिले नेपाली र भरतीय अतिथिहरूमा अखण्डताकाे भवना पैदा गरिदिएको थियोे। त्यसपछिकाे सत्रमा कविता र सांस्कृतिक नित्यलाई समिश्रण गरि प्रस्तुत गरिएका थिए। उल्लेखित कविहरूले कविता प्रस्तुत गरेका थिए।


डा नवराज लम्साल, डा देवी नेपाल, विन्दिया सुब्बा, जयदिप सारंगी, लुइस विष्ट, संजय जयस्वाल, अजय खड्का, सुभदिप राय, अशोक झा, जितेन्द्र जितांशु, पाैलमी चक्रवर्ती, समीर राय, अरूप कुमार मंडल, संजीव गुरूङ, निमा निस्कर्स आदिकाे प्रस्तुति थियाेेे भने थुप्रै बालकलाकार र बहिनीहरूले दमदार सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए। नानी गाेपाल विस्वासले बाँसुरीकाे धुनले तहल्का मच्चाएका थिए। रचना हाेमगाई र सन्ताेषी सिंहले ट्राकमा गीतकाे प्रस्तुति दिएका थिए। संचालनमा आशा उपाध्याय, सुकदेव प्रधान, टेक्निकल सहयाेगमा नेहा धमला, स्वागत व्यवस्थापनमा बबिता हाेमगाई, कमला र रमिता रहेका थिए।


तीन महिनाअघि काेलकातामा ठूलो चित्रकला प्रतियोगिता राखिएको थियोे जसमा अधिकांश अनेपालीभाषी समुदायको सहभागीता थियाे। उनिहरूलाई खादा, मेमेन्टाे र उपहारका ब्यागहरू दिएर भव्य स्वागतकाे नेतृत्व रामायण धमलाले गरेका थिए भने चित्र र पुस्तक व्यवस्थापन र वितरणमा देवराज भट्टराई, भरत ढुङ्गाना र माेहन सिंहले समाली रहेका थिए भने फाेटाे ग्राफरकाे काम मिनाक्षी संगारियाले गरेकी थिइन।

About Author

Advertisement