पहिलो टेस्ट हारे पनि सीरीजमा पुनरागमन गर्ने विषयमा आशावादी कप्तान रोहित

IMG-20241020-WA0230

बेंगलुरु: पहिलो टेस्टमा ८ विकेटले पराजित भए पनि भारतीय कप्तान रोहित शर्मा न्यूजील्याण्डविरुद्ध सीरीजको रहल दुईवटा टेस्टमा उनको टीमले पुनरागमन गर्ने विषयमा आशावादी छन्। यस सालको शुरुवातमा ईंग्ल्याण्डविरुद्ध पनि पहिलो टेस्ट हारेपछि भारतले पाँचवटा म्याचको सीरीज ४-१-ले जितेको थियो। भारतले आइतवार पहिलो टेस्टमा ८ विकेटले हारको सामना गर्नु पऱ्यो। म्याच समाप्त भएपछि रोहितले भने, कहिले काहीँ यस्तो म्याच पनि हुन्छ अनि हामी सबैथोक भुलेर अघि बढ़्नु पर्छ। हामीले ईंग्ल्याण्डविरुद्ध पनि एउटा म्याच हारेर लगातार चारवटा जीत हासिल गरेका थियौं। एकजना खेलाड़ीले के गर्नु पर्छ भन्ने हामीलाई थाहा छ। यसको साथमा रोहितले टस जितेर परिस्थितिको आकलन गर्नमा गल्ती भएको अनि भारतीय टीम ४६ रनमा अलआउट हुने नसोचेको स्वीकार गरे। रोहितले भने, यहाँको पीचमा शुरुवातमा समस्या हुने थाहा भए पनि टीम ४६ रनमा अलआउट हुने मैले सोचेको थिइनँ। यो मैले कुरा पहिला पनि भनेको थिए। दोस्रो ईनिंग्समा हामीले असल ब्याटिंग गऱ्यौं। तपाईं ३५० रन (३५६ रन)-ले पछाड़िएपछि म्याचमा फर्किनु सजिलो हुँदैन। दोस्रो ईनिंग्समा केही असल साझेदारी भयो। सरफराज र रिषभले असल ब्याटिंग गरे। विशेषगरी सरफराजले परिपक्क ईनिंग्स खेले। यसबाहेक चेन्नई सुपर किंग्सबाट आईपीएलमा खेल्ने रचिन रविन्द्रलाई रातो र कालो माटोमा खेल्ने अनुभव थियो। यसैकारण उनलाई हाम्रो स्पिनरहरूविरुद्ध खेल्न अधिक समस्या भएन। सीरीजको दोस्रो टेस्ट म्याच २४ अक्टोबरदेखि शुरु हुनेछ।

About Author

Advertisement