क्राइस्टचर्च: ईंग्ल्याण्डले पहिलो क्रिकेट टेस्ट म्याचमा न्यूजील्याण्डलाई सजिलैसँग ८ विकेटले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। हेग्ले ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ३४८ रन बनाएको थियो। त्यसपछि ईंग्ल्याण्डले ह्यारी ब्रूकको १७१ रनको सहायताले ४९९ रन बनाएर पहिलो ईनिंग्सको आधारमा १५१ रनको बढ़त हासिल गरेको थियो। पहिलो ईनिंग्सको आधारमा पछाड़िएपछि न्यूजील्याण्ड आफ्नो दोस्रो ईनिंग्समा २५४ रन बनाएर अलआउट हुँदा ईंग्ल्याण्डलाई म्याच जित्न १०४ रन बनाउने लक्ष्य प्राप्त भएको थियो। ईंग्ल्याण्डका ब्याटरहरूले पनि आइतवार तेजीको साथ रन बनाउँदै चौथो दिन नै २ विकेट गुमाएर १०४ रनको लक्ष्यलाई हासिल गऱ्यो। ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा पदार्पण म्याच खेलिरहेका जेकब बेथेलले अविजित ५० रन बनाए। उनले ३७ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। यसरी ओपनर बेन डकेटले २७ र जो रुटले अविजित २३ रन बनाएर टीमलाई जीत दिलाए। न्यूजील्याण्डका बलरहरूमा म्याट हेनरी र विल ओरुर्केले १-१ विकेट लिए। यसअघि आज बिहान तेस्रो दिनको स्कोर ६ विकेटमा १५५ रनदेखि अघि खेल्दै न्यूजील्याण्डले थप ९९ रन बनाएर रहल ४ विकेट गुमायो। शनिवार अविजित रहने डेरिल मिचेलले न्यूजील्याण्डको दोस्रो ईनिंग्समा सर्वाधिक ८४ रन बनाए। उनले १६७ बल खेलेर १२ वटा चौका र एउटा छक्का लगाए। ईंग्ल्याण्डका बलरहरूमा ब्रायडन कार्सेले सर्वाधिक ६ विकेट लिए।











