पहिलो टेस्ट म्याचमा ईंग्ल्याण्ड ५ विकेटले विजयी

IMG-20240825-WA0147

म्यानचेष्टर: ईंग्ल्याण्डले पहिलो क्रिकेट टेस्ट म्याचमा श्रीलंकालाई ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथै आयोजक टीमले ३ वटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। ईंग्ल्याण्डलाई जीतको निम्ति २०५ रन बनाउने लक्ष्य प्राप्त भएको थियो। लक्ष्यलाई पछ्याउँदै ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा शुरुवात असल रहेन तर अनुभवी जो रुटले अविजित ६२ रन बनाएर होम टीमलाई ५ विकेटले जीत दिलाए। मीडलअर्डर ब्याटर रुटले चौथो नम्बरमा खेल्दै १२८ बलको सामना गरी २ वटा चौका लगाए। ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा विकेटकीपर ब्याटर जेमी स्मिथ (३९), डान लरेन्स (३४) र ह्यारी ब्रूक (३२ रन)-ले पनि उपयोगी योगदान दिए। श्रीलंकाई बलरहरूमा असिथा फर्नाण्डो र प्रबाथ जयसूर्याले २-२ विकेट लिए। यसअघि म्याचमा श्रीलंकाले आफ्नो पहिलो ईनिंग्समा २३६ रन बनाएको थियो। जवाफमा ईंग्ल्याण्डले ३५८ रन बनाएर पहिलो ईनिंग्सको आधारमा १२२ रनको बढ़त हासिल गरेको थियो। त्यसपछि श्रीलंकाले आफ्नो दोस्रो ईनिंग्समा कामिन्दु मेण्डिस (११३)-को शतकको सहायताले ३२६ रन बनाउँदा ईंग्ल्याण्डलाई म्याच जित्न दोस्रो ईनिंग्समा २०५ रन बनाउने लक्ष्य प्राप्त भएको थियो। ईंग्ल्याण्डका जेमी स्मिथलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले म्याचमा १११ र ३९ रन बनाए।

About Author

Advertisement