पहिलो टेस्टमा सरफराज र जुरेलले अन्तिम एकादशमा मौका नपाउने प्रशिक्षक गम्भीरको खुलासा

IMG-20240918-WA0242

चेन्नई: भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक गौतम गम्भीरले सीनियर खेलाड़ी केएल राहुल र रिषभ पन्तले प्रतिभाशाली युवा खेलाड़ी सरफराज खान र ध्रुव जुरेलको स्थानमा बंग्लादेशविरुद्ध पहिलो टेस्टमा खेल्ने खुलासा गरे। पत्रकारहरूसँग कुराकानीको क्रममा गम्भीरले विशेषगरी राहुल र पन्तको आगमनपछि टीमको रणनीति अनुभव र फर्ममाथि केन्द्रित रहेको स्पष्ट गरे। भारतले बिहीवारदेखि टेस्ट सीजनको शुरुवात गर्नेछ, जसमा १० वटा टेस्ट म्याच रहनेछ। रोहित शर्माको कप्तानीमा रहने भारतीय टीमले सर्वप्रथम बंग्लादेशविरुद्ध २ वटा टेस्ट म्याचको सीरीज खेल्नेछ। सीरीजको पहिलो टेस्ट चेन्नईमा अनि दोस्रो टेस्ट कानपुरमा हुनेछ। गम्भीरले सरफराज र जुरेलको क्षमतालाई स्वीकार्दै उनीहरूका प्रतिभा र समर्पणको प्रशंसा गरे। गम्भीरले भने, हामी कसैलाई छोड़्ने छैनौं। अहिले हामीसँग प्रथम एकादशमा फिट बस्ने खेलाड़ीहरू मात्र चयन गर्नु बाहेक अन्य कुनै उपाय छैन। जुरेल असाधारण खेलाड़ी हुन् तर पन्त आएपछि धेरैपल्ट मानिसहरूले प्रतीक्षा गर्नु पर्छ। सरफराजको क्षेत्रमा पनि त्यही कुरा छ। मौका अवश्यै प्राप्त हुनेछ तर तपाईंहरूले प्रतीक्षा गर्नु पर्नेछ। उल्लेखनीय छ, यस सालको शुरुवातमा ईंग्ल्याण्डविरुद्ध यादगार टेस्ट पदार्पण गर्ने ध्रुव जुरेलले राँची टेस्टमा प्लेयर अव् द म्याचको ट्रफी पनि जितेका थिए। यसरी सरफराजले पनि त्यस सीरीजमा केही यादगार ईनिंग्स खेलेका थिए।

About Author

Advertisement