पहिलो एशेज टेस्टको पहिलो दिन मै १९ विकेटको पतन, अष्ट्रेलियाई दबाउमा

IMG-20251122-WA0001

पर्थ: अष्ट्रेलिया र ईंग्ल्याण्डबीच एशेज सीरीजको शुरुवात चरम रोमाञ्चक रह्यो। यी दुई टीमबीच ५ वटा टेस्ट म्याचको सीरीजअन्तर्गत पहिलो टेस्ट शुक्रवारदेखि पर्थमा शुरु भयो अनि म्याचको पहिलो दिन नै दुवै टीम मिलाएर जम्मा १९ विकेटको पतन भयो। गाबाको पीचमा टस जितेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्ड आफ्नो पहिलो ईनिंग्समा केवल १७२ रन बनाएर आउट भयो। त्यसपछि ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा पहिलो दिनको खेल समाप्त हुँदासम्म ९ विकेट गुमाएर १२३ रन बनायो। यसरी ईंग्ल्याण्डसँग अहिले पनि पहिलो ईनिंग्सको आधारमा ४९ रनको बढ़त रहेको छ। गाबाको पीचमा आशानुरुप पहिलो दिन पेस बलरहरूका रगरगी रह्यो। पहिलो दिन पतन भएको जम्मै १९ विकेट पेस बलरहरूका झोलीमा गयो। पहिलो ब्याटिंग गर्दै ईंग्ल्याण्डको निम्ति ह्यारी ब्रूकले सर्वाधिक ५२ रन बनाए। उनले ६१ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक ओली पोपले ४६, जेमी स्मिथले ३३ र बेन डकेटले २१ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा मिचेल स्टार्कले सर्वाधिक ७ विकेट लिए। जवाफमा अष्ट्रेलियाको शुरुवात पनि खराब रह्यो अनि लगातार अन्तरालमा विकेटको पतनले गर्दा टीमले ईनिंग्सलाई सम्हाल्ने मौका पाएन। एलेक्स केरीले सर्वाधिक २६ रन बनाए। यसबाहेक क्यामरन ग्रीनले २४ र ट्रेविस हेडले २१ रनको योगदान दिए। कार्यवाहक कप्तान स्टीव स्मिथ १७ रन बनाएर आउट भए। ईंग्ल्याण्डका बलरहरूमा कप्तान बेन स्टोक्सले सर्वाधिक ५ विकेट लिए। यसबाहेक जोफ्रा आर्चर र ब्रायडन कार्सले २-२ विकेट हासिल गरे।

About Author

Advertisement