पहाड़मा भ्रष्टचारले सीमा नाघेको छ र जीटीएमा केन्द्रबाट आएको हरेक फण्डको जाँचको मांग गर्दछौं: भाजपा

IMG-20230928-WA0232.jpg

खरसाङ: पहाड़मा व्यापक भष्ट्रचार भईरहेको र भ्रष्टचारले सीमा नाघेको भारतीय जनता पार्टीले आरोप लगाएका छन्। पहाड़मा भष्ट्रचारबाहेक पनि यहाँको शिक्षित युवाहरूमाथि खेलवाड़ र ठूलो धोका भएको आरोप भाजपाले लगाएको छ। आज खरसाङमा अवस्थित भारतीय जनता पार्टीको कार्यालयमा एक पत्रकार सम्मेलन बोलाएर उक्त कुरा बताएका छन्। आज खरसाङमा भारतीय जनता पार्टीको पक्षमा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, जिल्ला सदस्यद्वय पेम्पा रिम्पोर्छे र आरबी लामा, चिमनी देवराली मण्डलको सभापति विकास लामा, जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद आदि उपस्थित भएर पत्रकार सम्मेलनमा जीटीएमा भईरहेको विभिन्न भ्रष्ट्रचारको कुराहरू उठाएका छन्। उक्त पत्रकार सम्मेलनमा भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले पहाड़मा व्यापक भ्रष्टाचार भईरहेको कारण पहाड़मा जीटीए चलाउने क्षेत्रीय दलले नयाँ सोच र नयाँ विचार भने पनि भ्रष्टाचार भने व्यापक रूपमा गरेको आरोप लगाएका छन्। उनले गत पञ्चायत चुनावमा पनि व्यापक भ्रष्टचार भयो अनि पहाड़मा भ्रष्टचारले सीमा नाघेको छ तर अब भारती जनता पार्टीले सहन गर्ने छैन भन्दै जीटीएमा केन्द्रबाट आएको हरेक फण्डको जाँच हुनुपर्छ मांग रहेको बताएका छन्। उनले सांसद राजु विष्टले पनि यस विषयमा काम गरिरहेको बताए। लामाले यहाँको क्षेत्रीय पार्टीले यति बेसी भ्रष्टचार गरेको छ कि टेट परीक्षाको नाममा फेक परीक्षा गराएर शिक्षित युवाहरूमाथि खेलवाड़ गरेको छ अनि यो हामीले भनेको होइन उनीहरूकै त्यसताकको नेताले खुलासा गरेको बताएका छन्। सोनाम लामाले टेट परीक्षा विषयमा बोल्दै भने, ‘जीटीएले भ्रष्टचार मात्रै होइम तर फेक परीक्षा गराएर जनताको पैसा पनि खाने काम गरेको छ। यसको लागि जीटीएले लिखित रूपमा उत्तर दिनुपर्छ। यदि टेट परीक्षा जानीबुझी फेक गराएको हो भने जनताको पैसा खाएकोले जीटीएको चौकीमा बस्ने कुनै अधिकार छैन। अब यस फेक परीक्षाको विरोधमा युवाहरू अघि आउनुपर्छ अनि आफ्नो एडमिटको साथमा आफ्नो आफ्नो क्षेत्रको पुलिस थानामा एफआईआर गर्नुपर्छ जसको लागि भारतीय जनता पार्टी सदैव शिक्षित युवाहरूका साथमा रहनेछ। युवाहरूलाई सदैव साथ दिनलाई भारतीय जनता पार्टी तयार छ।’
भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले अझ भने, ‘भारतको संघीय ढाँचा अनुसार राज्य सरकारले यहीको क्षेत्रीय दललाई नै यहाँको सत्तामा राखेको छ। तर यहाँ केन्द्रको आयुष्मान भारत योजना लागु नभएकोले जनतालाई धेरै असुविधा भईरहेको छ। किनभने खरसाङ क्षेत्रमा मात्र महिनामा १५-२० जना बिमारीको निवेदन आउने गर्दछ। तर यहाँ क्षेत्रीय पार्टीले व्यापक घोटाला गरेको छ। अब भारतीय जनताले सहन गर्ने छैन। यसको लागि कसैलाई केही गुनासो र केही अुविधा भए हामीलाई भन्नु हवस। भारतीय जनता पार्टी सदैव जनताको साथमा हुनेछ।’

About Author

Advertisement