पहाडमा हुने पञ्चायत चुनावमा एसडीपीआई-ले पनि भाग लिने

136e6572-eeea-48c6-8928-d92d1a4e68e9

सिलगढी: दार्जालिङ पार्वत्य क्षेत्रमा हुने पञ्चायत चुनावमा यसचोटि सोशियल डेमोक्रेटिक पार्टी अफ इण्डिया (एसडीपीआई ) ले पनि भाग लिने भएको छ। पार्टीको दार्जिलिङ जिल्ला समितिका अध्यक्ष फैजल अहमदले बुधबार उक्त घोषणा गरेका हुन्। उनले आगामी लोकसभा चुनावमा पार्टीले १० सिटमा उम्मेदवार खड़ा गर्ने पनि बताए। यसमा दार्जिलिङ सिट पनि समावेश छ।फैजलले भने, ‘भाजपाले विभाजनको खेल मात्र खेलिरहेको छ। बीजेपी सांसद राजु बिष्ट पनि त्यही काम गरिरहेका छन्। पहाडमा यिनीहरूलाई परास्त गरेर विकासको वातावरण बनाउने हाम्रो लक्ष्य हो। बुधवार,एसडीपीआई-ले केन्द्रको बीजेपी सरकारको कटु आलोचना गऱ्यो। यद्यपि, यसका नेताहरुले राज्य सरकारको कामको प्रशंसा गरेको देखियो।

About Author

Advertisement