पहाडमा नयाँ राजनीतिक पार्टी गोरामुमो (सुवासवादी) को गठन

IMG-20251229-WA0115

संयोजकमा‌ पूर्व पार्षद भानु लामा

दार्जिलिङ: दार्जिलिङ पहाडमा एउटा नयाँ राजनीतिक दलको उदय भएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (सुवासवादी) वा गोरामुमो (सुवासवादी) नामक नयाँ राजनीतिक दलको गठन गरिएको छ। सोमवार दार्जिलिङको जीडीएनएस हलमा आयोजित एक कार्यक्रममा उक्त नयाँ राजनीतिक पार्टीको घोषणा गरिएको छ।‌ उक्त नयाँ राजनीतिक पार्टी गोरामुमो (सुवासवादी) गोरामुमोका पुराना एंव संस्थापक‌ वरिष्ठ सदस्यहरु मिलेर खोलेका छन्। यसमा पूर्व पार्षद भानु लामा, पूर्व काउन्सिलर केएन सुब्बा, भीम‌ सुब्बा लगायत सुवास घिसिङका नजिकका र पुराना वरिष्ठ व्यक्तिहरु मिलेर खोलेका छन्।‌ यस नयाँ राजनीतिक पार्टीको संयोजकको रूपमा भानु लामा रहेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पूर्व पार्षद एंव गोरामुमो सुवासवादी नामक नयाँ पार्टीको संयोजक भानु लामाले यो गोरामुमोको बी टिम‌ होइन तर पहाडमा सदैव गोरामुमो र सुवास घिसिङको नाम रहनुपर्छ भन्ने उद्देश्यका साथमा नयाँ राजनीतिक पार्टीको गठन गरिएको जानकारी गराएका छन्। उनले सुवास घिसिङ र उनको पार्टी सधैं पहाडमा रहनुपर्छ, त्यसैले उनको नाम थपेर यो दल गठन गरिएको बताएका छन्। उनले भने, ‘यस नयाँ दलको मुख्य माग सधैं छैटौं अनुसूची हुनेछ जुन २००३ देखि हाम्रो माग हो।
“यो नयाँ राजनीतिक दलले “मेरो‌ जाति मेरो माटो” भन्ने नारा बोकेको हुनेछ।

About Author

Advertisement