पहाडको सुन्दरता, हरियाली, फराकिलो ठाउँ बिगार्ने योजनाहरुको म विरोध गर्नेछु: अनित थापा

IMG-20250206-WA0335

खरसाङ: पहाडको सुन्दरता, हरियाली, फराकिलो ठाउँ बिगार्ने योजनाहरुको म विरोध गर्नेछु। मलाई पहाड बचाउँनु छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्‌। उनले आज खरसाङस्थित गौरीशंकरको एक कार्यक्रममा मुख्यमन्त्रीको नाम अनि ३० प्रतिशत जमीन चिया पर्यटनलाई दिने नीतिको नाम नलिई उक्त कुरा बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, हाम्रो जति जमीन छ त्यसको सबै सर्बे हुनुपर्छ भन्ने कुरामा अडिग छु। हाम्रो जति जमीन छ हामीले सबै पाउनुपर्छ भन्ने कुरामा अडिग छु। पहिला पुर्जा पट्टाको हल्ला‌ मात्र थियो तर मैले नोटिफिकेशन निकाले। पहिला ५ डेसिमल भने पनि पछिबाट संसोधन गरेर सबैको जमीनको कागज पत्र हुनुपर्छ भनी भनेको छु।’
उनले अघि भने, हाम्रो जमीन हाम्रै हुनुपर्छ भन्ने कुरामा अडिग छु।‌ हाम्रो कमान हाम्रै हो भन्ने थाहा छ। हाम्रो जमीन हाम्रै पुर्खौली सम्पत्ति हो।’

About Author

Advertisement