पश्चिम सिक्किममा शिशुसँगै पुलबाट खोलामा हामफाले युवक

IMG-20250725-WA0149

गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत लेगशेपको ग्यामन पुलबाट शिशुसँगै एक व्यक्तिले खोलामा हामफालेको घटना प्रकाशमा आएको छ। घटना आज बिहान १०:३० बजी तिरको हो। स्थानीयहरूले पुलबाट अचानक युवकले शिशुसहित खोलामा हाम फालेको देखेपछि पुलिसलाई तत्काल जानकारी दिएका थिए। सूचना प्राप्त लगत्तै गेजिङ र लेगसेपका पुलिस टोली घटनास्थलमा पुगेका थिए।
यस दुःखद घटनालाई गम्भीरतापूर्वक लिँदै स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू, स्वयंसेवक तथा उद्धारकर्मीहरूले पुलिसको साथमा खोलाको विभिन्न भागहरूमा खोजी अभियान सञ्चालन गरेको थियो तर यो समाचार लेखुञ्जेलसम्म उद्धार गर्न सकिएको थिएन।
युवकको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन भने घटनाको स्पष्ट कारण पनि खुल्न बाँकी छ। पुलिसले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement