पश्चिम बंगालाका चुनाउ आयुक्त राजीव सिन्हा तीन घण्टापछि पुगे अफिस

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालमा कड़ा सुरक्षाबीच पञ्चायत चनाउको निम्ति आज बिहान ७ बजीदेखि शुरू मतदानमा हिंसाको बादल समय चढ्नसाथ अझ् घना भइरहेछ। आगलागी, गोलीबारी, बमबारी र लूटपाटबीच अहिलेसम्म मुर्शिदाबाद, मालदा, कूचबिहार र दक्षिण २४ परगनामा पाँच जनाको हत्या भइसकेको छ।

२४ भन्दा धेरै मानिसहरू घाइते भएका छन्। राज्य चुनाउ आयोगको अफिसमा स्थापित कन्ट्रोल रूपमा बिहानदेखि फोनको घन्टी बजिरहेछ तर कसैले पनि फोन उठाएको छैन। र राज्य चुनाउ आयुक्त राजीव सिन्हा तीन घण्टापछि अफिस पुगे।

कूचबिहारमा त मतदान केन्द्रमा आगो सल्काइयो। भाजपा पोलिङ एजेन्टको बमले हमला गरी हत्या गरियो। एक पुलिसकर्मी र पीठासीन अधिकारी गम्भीर रूपमा घाइते भएका छऩ्। आयोगको अफिसमा बिहानदेखि पत्रकारहरूको जमघट छ। सिन्हा पुग्नअघि कुनैपनि अधिकारीले मुख खोलेनन्।

कन्ट्रोल रूममा लगभग एक दर्जनभन्दा धेरै ल्याण्डलाइन फोनमा लगातार घण्टी बजिरहेछ। राज्य चुनाउ आयोगको अफिसमा शिकायतहरूको पहाड़ जमा भइसकेको छ। आयोगका सचिव नीलाञ्जन शान्डिल्य र अन्य कर्मचारी बिहान अफिस पुगेपनि आयुक्त तीन घण्टा पछाड़ी आएका छन्।

-हिस

About Author

Advertisement