कोलकाता: पश्चिम बंगालमा पंचायत चुनावको मतदानको केवल ४८ घण्टाअघि बीरभूम जिल्लामा हिंगला ग्राम पंचायतका भाजपाका बूथ उपाध्यक्ष ४८ वर्षीय दिलीप म्हाराको हत्या भएको छ। उहाँको शव घर छेउको सड़कमा फ्याकिएको थियोl यो घटना बुधबार राति भएको समाचार छ। भाजपाले आज बिहान जारी गरेको बयानअनुसार बुधबार रातिदेखि उनी हराएका थिए। आज बिहान उनको शव सड़क छेउमा भेटियो। उनको घाँटीमा चोटको दाग बताइएको छ। पुलिसले मामिला दर्ता गरेर जाँच शुरू गरेको छ। बीरभूमका पुलिस अधीक्षक राज नारायण मुखर्जीले यसको पुष्टि गरेका छन्।
यस अतिरिक्त, मुर्शिदाबादको बेलडांगा महेशपुर गाउॅंमा आज बिहान एक व्यक्तिको शव घर छेउमा भेटियो। घटना स्थलमा बम बाँध्ने सामान पनि भेटिएको छ। मृतकलाई कमाल शेखको रूपमा चिन्हित गरिएको छ। स्थानीय मानिसहरूले उक्त व्यक्तिले बम सप्लाई गर्ने गर्थे भनी बताएको छ। यसका साथै पंचायत चुनावमा मृतकहरूको संख्या बढ़ेर १८ पुगेको छ। मुर्शिदाबादमा कांग्रेस कार्यकर्ता रियाजुल मण्डल र अजबार मण्डलमाथि बुधवार राति बमले हमला गरियो। घटना मुर्शिदाबादको डोमकल घोडामारा पंचायतको हो। तृणमूल उम्मेदवार सजुमा बीवीका पतिसहित अन्य तृणमूल कार्यकर्ताहरूले हमला गरेको आरोप छ। -हिस











