पशु तस्करीको आरोपमा एक जना पक्राउ, ४० वटा भैंसी बरामद

IMG-20241202-WA0205

सिलगढी: भैंसी तस्करीको आरोपमा विधाननगर अनुसन्धान केन्द्रको पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार विधाननगर अनुसन्धान केन्द्रको पुलिसले फाँसीदेवा ब्लकको मुरलीगञ्ज चेकपोष्टमा छापा मारेर एउटा कन्टेनर बरामद गरेको र ४० वटा भैंसी बरामद गरेको छ। भैंसीको वैध कागजात देखाउन नसकेपछि चालकलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेको नाम मोहम्मद हैदर (३६)  बताइएको छ। पुलिस स्रोतका अनुसार बरामद भैँसी तस्करीका लागि बिहारबाट असम लगिएको आरोप छ। पक्राउ परेका व्यक्तिलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। यस घटनामा अन्य कोही संलग्न छन् वा छैनन् भन्ने विषयमा पुलिसले अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement