पवन चामलिङले ले दिए पाङ ल्हाबसोल पर्वको शुभकामना

photocollage_2025728234950781

गान्तोक: एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले पाङ ल्हाबसोल पर्वको शुभ अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
आज जारी आफ्नो सन्देशमा उनले भने, पाङ ल्हाबसोलको यस पवित्र दिनमा हामी हाम्रा संरक्षक देवता माउन्ट कञ्चनजङ्घा- सिक्किम र सिक्किमेली जनतामाथि शक्ति, शान्ति र आशीर्वादको शाश्वत उपस्थिति- प्रति श्रद्धाञ्जली अर्पण गर्न एकसाथ आएका छौं।
पाङ ल्हाबसोल श्रद्धाको पर्व मात्र होइन, हाम्रो भूमि र यसका मानिसहरूबीचको पवित्र सम्बन्ध र भावी पुस्ताहरूका लागि यो सद्भावलाई जोगाउने हाम्रो जिम्मेवारीको सम्झना पनि हो। यो एउटा यस्तो उत्सव हो जसले हामीलाई आध्यात्मिक रूपमा एकजुट गर्दछ र हामीलाई हाम्रो सबैभन्दा ठूलो शक्ति सिक्किमेली जनताको एकता र भ्रातृत्वमा निहित छ भन्ने स्मरण गराउॅंछ।
उनले उत्सव मनाउने क्रममा शान्ति कायम राख्ने, सद्भावलाई बढावा दिने र सिक्किमलाई अद्वितीय बनाउने मूल्यमान्यताहरूलाई कायम राख्ने हाम्रो प्रतिज्ञालाई नवीकरण गरौं भनी आह्वान गरेका छन्। हाम्रा संरक्षक देवताले हामीमाथि निरन्तर कृपा दृष्टि बनाइराखुन् र सिक्किमलाई आशा, करुणा र सामूहिक समृद्धिको भविष्यतर्फ डोऱ्याइरहून् भनी कामना पनि गरेका छन्।

About Author

Advertisement