गान्तोकः पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले आज जोइन्ट एक्सन काउन्सिलका महासचिव केशव सापकोटालाई मणिपाल अस्पतालमा भेट गरे।
सिङताममा हिजो भएको हमलामा सापकोटा गम्भीर रूपमा घाइते भएका छन्। उनलाई सिङताम जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि मणिपाल अस्पताल रेफर गरिएको थियो। एसडीएफ अध्यक्षले सापकोटालाई अस्पतालमा भेट गरी उनको स्वास्थ्यबारे जानकारी लिए भने शीघ्र स्वास्थ्य लाभको कामना गरे।









