पर्यटन उद्योग विस्तारमा चालकहरूको अह्म भूमिका हुने गर्दछ्ः अध्यक्ष सुवेदी

si-6

गान्तोकः राज्यका टुरिस्ट गाइड, चालक र होटल प्रबन्धकहरूलाई लिएर आयोजित छ दिवसीय अभिमुखी कार्यक्रमको चौथो दिनको कार्यक्रममा पीएचई विभागका अध्यक्ष हरि नारायण सुवेदी मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। पेलिङ उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित अभिमुखी कार्यक्रमको समापन आगामी २३ जुलाईको दिन समापन हुने भएको छ। पेलिङ टुरिज्म एसोसिएशनको पहलमा आयोजित ६ दिवसीय अभिमुखी कार्यक्रमको प्रमुख लक्ष्य र उद्देश्य राज्यमा देश विदेशका पर्यटकहरूलाई अधिक मात्रामा ल्याउनु रहेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सुवेदीले यस प्रकारको कार्यक्रममा आफूलाई आमन्त्रित गरेकोमा आयोजक समितिलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरे।

पेलिङमा चालक, पर्यटक गाइड र होटल व्यवसायीहरुलाई आफ्नो पेशामा विशिष्ट बनाउन यस्तो उपयोगी तालिम कार्यक्रम सञ्चालन गरेकोमा आयोजक समितिको उनले प्रशंसा गरे। उनले पर्यटन उद्योग राज्यको सबैभन्दा बढी राजस्व आर्जन गर्ने क्षेत्र भएको बताउँदै यसलाई बेरोजगारी समाधानको माध्यम बनाउन सबैलाई आग्रह गरे। उनले आगामी दिनमा पनि व्यवसायिक पर्यटनतर्फ सरोकारवालाहरूलाई विशेष बनाउनका लागि यस्ता कार्यक्रमहरू आयोजना निरन्तर गरिरहनु पर्ने आग्रह गरे।

-हिस

About Author

Advertisement