परिवर्तनको नाममा बासी रोटि पचाएनन् जनताले – भागोप्रमो

खरसाङ: परिवर्तन आईसकेको पहाडमा पुनः परिवर्तन ल्याउनु निस्किएकाहरुलाई पचाएन पहाडका जनताले भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले बताएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै परिवर्तन त त्यही दिन आएको थियो जुन दिनदेखि पहाडमा बन्द र हडताल गर्ने संस्कारको अन्त भयो, परिवर्तन त त्यही दिन आईसकेको थियो जबदेखि खुलेर राजनीति गर्न थालियो, परिवर्तन त त्यही दिन भित्रिएको थियो जुन दिनदेखि सत्ताको निम्ति होइन जनताको निम्ति कार्य गर्न थालिएको थियो भनी बताएका छन्। उनले नयाँ राजनीतिक संस्कार कै देन हो कि क्षेत्रीय चुनावमा यति धेर स्वतन्त्र उम्मेदवारहरुले प्रतिस्पर्धा गरे भन्दै परिवर्तन ल्याउन उत्रिएकाहरुले बासी रोटी लिएर आए जुन रोटीले केवल एक साँझको गाँस भर्ने थियो, यहाँ जनतालाई एक साँझको गाँस होइन सुनौलो भविष्य निर्माणको परिवर्तन चाहिएको थियो र आज त्यही परिवर्तन जनताले पाएका छन् भनी बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले जनताको राजमा सेवक हुने व्यक्तिलाई नै जनताले रूचाए भन्दै केवल जनताको राज भनी सत्ता भोक मेटाउने चाहनाले जनताबीच गएर होइन, कोठाभित्र बसेर फेसबुक लाईभको परिवर्तन चाहेनन् जनताले भनी ब्यंग्य कसेका छन्। रामुदामुले यसचोटी यथार्थको राजनीति रुचाए पहाडवासीले भन्दै भावनाको कठपुतली झैं एकोरो भई गणतन्त्रको उत्सव मनाउन चाहेनन् बरु समयसंगै सत्यको राजनीतिलाई अंकमाल गरे यस चोटि जनताले भनी बताएका छन्। अब पहाड निर्माणको ढोकामा प्रवेश भई सक्यो यथार्थको। अब बासी रोटि होइन, स्वस्थ र स्वच्छ एक मुठी गाँस नै खाने भए पहाडका जनताले भनी दाबी गरेका छन्। महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले यथार्थको ढोकाभित्र प्रवेश गरी सुनौलो पहाड निर्माणमा सहयोग पुराउन हुने सबैलाई हार्दिक बधाई एंव शुभकामना पनि दिएका छन्।

About Author

Advertisement