परिमल मित्र स्मृति महाविद्यालयद्वारा “हरियो सम्पत्ति जैविक विविधता संरक्षण” विषयमा जनचेतना कार्यक्रम सम्पन्न

IMG-20250125-WA0196

सोनादा: उत्तर बंगालको डुवर्स र तराईको “हरियो सम्पति जैविक विविधता संरक्षण शीर्षकमा परिमल मित्र स्मृति महाविद्यालय माल बजारद्वारा महाविद्यालयको प्रेक्षागृहमा एक जनचेतना कार्यक्रमको आयोजना गर्‍यो। यो कार्यक्रम पश्चिम बंगाल जैव विविधता बोर्डको प्रायोजनमा सम्पन्न भएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई जैविक विविधताको संरक्षणको महत्त्वका बारेमा जनचेतना फैलाउने र यस महत्त्वपूर्ण विषयमा उनीहरूको व्यावहारिक बुझाइलाई सुदृढ बनाउनु थियो।
कार्यक्रममा विषयगत व्याख्यान दिने स्रोत व्यक्तिहरूमा गोरुमारा वन्यजन्तु विभाजन, जलपाइगड़ीकी सहायक डिभिजनल वन अधिकारी (एडीएफओ) नीमा लह्मु शेर्पा र उत्तर बंगाल विश्वविद्यालयको चिया विज्ञान विभागका सहायक प्राध्यापक डा. मलय भट्टाचार्य रहेका थिए। उनीहरूले जैविक विविधताको महत्त्व, यसमा देखा परिरहेका खतराहरू र जैविक विविधताको ह्रास रोक्न आवश्यक सुरक्षात्मक उपायहरूको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा मालबजारका तीन विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। ती विद्यालयहरू माल आदर्श विद्यालय भवन, सीजर स्कूल र सुहासिनी गर्ल्स हाई स्कूल थिए। कार्यक्रमका आयोजन सचिव डा. रितु राई, वनस्पति विभाग प्रमुख र कार्यक्रमका संरक्षक डा. कार्तिक चन्द्र दे र परिमल मित्र स्मृति महाविद्यालयका प्राचार्य थिए।

About Author

Advertisement