नयॉं दिल्ली: परमेश शिवमणिले भारतीय तटरक्षक बल (आईसीजी) को २६औं महानिदेशक नियुक्त भएका छन्। उनले ३५ वर्षभन्दा धेरै आफ्नो उत्कृष्ट करियर अवधि तटवर्ती र समुद्री क्षेत्रमा विभिन्न महत्त्वपूर्ण पदहरूमा कार्य गरिसकेका छन्।
उनलाई उत्कृष्ट सेवाको निम्ति २०१४ मा तटरक्षक पदक र २०१९ मा राष्ट्रपति तटरक्षक पदकले सम्मानित गरिएको थियो।
उनी २०१२ मा डीजी कोस्ट गार्ड प्रशस्ति र २००९ मा फ्ल्याग अफिसर कमाण्डिङ इन चीफ (पूर्व) प्रशस्तिले पनि सम्मानित भइसकेका छन्। कोस्ट गार्ड अनुसार, महानिदेशक परमेश शिवमणि एक नौ सञ्चालन र दिशा निर्देशनका विशेषज्ञ हुन्। शिवमणिको समुद्री कमानमा उन्नत समुद्री गश्ती जहाज ‘समर’ र ‘विश्वस्त’ सहित भारतीय तट रक्षक बलका सबै प्रमुख जहाज सामेल छन्।
वहाँ तटरक्षक क्षेत्र (पूर्व), तटरक्षक क्षेत्र (पश्चिम), तटरक्षक कमाण्डर (पूर्वी समुद्र तट) को शीर्ष पदहरूमा रहिसकेका छन्। उनी नेशनल डिफेन्स कलेज, नयॉं दिल्ली र डिफेन्स सर्विसेज स्टाफ कलेज, वेलिङ्गटनका पूर्व छात्र हुन्। कार्यभार सम्हालेपछि उनलाई मुख्यालयमा गार्ड अफ् अनर दिइयो।
महानिदेशक परमेश शिवमणिलाई सेप्टेम्बर, २०२२ मा अपर महानिदेशकको पदमा पदोन्नत गरियो र फेरि उनको नियुक्ति तटरक्षक मुख्यालय, नयॉं दिल्लीमा गरियो। उनलाई अगस्त, २०२४ मा तटरक्षक महानिदेशकको अतिरिक्त पदभार दिइयो।









