बिराटनगर: वराहक्षेत्र नगर ८ सैनिक, धनकुटे लाइनमा पाँच सय बढी प्रहरी परिचालन गरि स्थानीयमा आतंकीत बनाई धमाधम हाइटेन्सन पोलहरुमा तार बिछ्याइएको छ। आतंकित जनताले स्थानिय सरकार नगर र वडा दुवैलाई गुहार्दा पनि मौन बस्नुका साथै सम्पर्कमा नआएको स्थानीयले बताएका छन्। यस विषयमा स्थानीय जनताको जायज मागलाई सम्बोधन गर्न भन्दा सरकारले बल प्रयोग गरेको छ। पीडित किसान मकै बारीमा पुलिस र समान ढुवानी गर्न ट्याक्टर प्रयोग गरेर किसानको मकैबाली नष्ट भएको बताइएको छ।









