पद्मश्री बीबी मुरिङलाको ८२औं जन्म जयन्ती पालन

IMG-20240403-WA0166.jpg

गान्तोक: साहित्य, संगीत क्षेत्रमा कलम चलाउँदै गाउँ अनि राज्यकै नाम रोशन गर्ने लिम्बू साहित्यकार अनि संगीतकार पद्मश्री बी.बी. मुरिङ्गलाको आज ८२औं जन्म जयन्ती भव्य रुपमा पालन गरियो।लिङ्चोम, तिक्जेक, लाङ्गाङबाट गठन भएको सुम्बोना लिम्बु साहित्य संस्थाले आज उनको पैतृक थलो लिङ्चोममा एक भव्य कार्यक्रमका आयोजना गर्दै मुरिङलाको जन्म जयन्ती मनायो।

सुम्बोना लिम्बु साहित्य संगका सल्लाहकार एवं ओएसडी एसपी माङ्युङले मुरिङ्लाको परिचय माथि प्रकाशपारेका थिए भने अन्य वक्ताहरुले पनि पद्मश्री लिम्बूको साहित्य अनि सांगितीक क्षेत्रमा समाजप्रतिको योगदानमाथि चर्चा गरे। सांगठनिक अध्यक्ष लिला सुब्बाको अगुवाइमा आज बिहान बीबी मुरिङ्लाको समाधीमा श्रद्धाञ्जली अर्पण गरे पछि उनको बासस्थानमा अनि लिङ्चोम माध्यमिक विद्यालयमा जन्मजयन्ती मनाइयो।

वर्ष २०१७ मा भारत सरकारद्वारा पद्मश्री पुरस्कारद्वारा सम्मानित भएका मुरिङ्ला लिम्बू जातिको भाषा लिपिका प्रणेता हुन।

About Author

Advertisement